थारु संस्कृति संरक्षण तथा अनुसन्धान केन्द्र थारु संग्राहलय, रुपन्देहीको चौथो साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा सहभागी थारु समुदायलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा तिलत्तोमा नगरपालिका वढा नं। १७ का वडा अडा अध्यक्ष दान बहादुर चौधरीले बहुजातिय बहुभाषिक र बहु सांस्कृतिक भएको देशको एक फुल थारु समुदाय भएको बताउनु भयो। थारु जातीको आफ्नै धर्म, भाषा, परम्परा र संस्कृतिमाथी अतिक्रमण भएको सन्दर्भमा थारु समुदायका नेतृत्व एक ढिक्का हुनु पर्नेमा जोड दिदै वडा अध्यक्ष चौधरीले नयाँ पूसताले थारु भाषा, संस्कृति र साहित्यको अध्ययन र अनुसन्धान गर्न आवस्यक रहेको बताउनुभयो।
यस्तै थारु कल्याणकारी सभा रुपन्देहीका सभापति सतिश कुमार चौधरीले एक जातिय भाषा र धर्मबाट सञ्चालित राज्य व्यबस्थाले थारु समुदायलाई राज्यको पहुँचमा पुग्न पाउने अधिकारलाई कुण्ठित पारेको आरोप लगाउनु भयो। कार्यक्रमका बिशष्टि अतिथि समेत रहनु भएका सभापति चौधरीले थारु समुदायका नयाँ पुस्तालाई आफ्नो धर्म संस्कृति, कला साहित्य र भाषा हस्तान्तरण नगरे थारु जातीको अस्तित्व नरहने चिन्ता व्यक्त गर्नुभयो।
थारु राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष रेखा प्रसाद चौधरी, थारु अगुवाहरु कनै थारु, अशोक कुमार चौधरी, बासुदेव चौधरी लगायतले जातिय पहिचानको लागि थारु समुदाय एक हुनु पर्नेमा जोड दिदै भाषा धर्म, संस्कृति, कला साहित्य, परमपरा, रिति रिवाजको संरक्षण र सम्बद्र्धन गर्न युवाहरुको सक्रियता र संघर्ष गर्नु पर्ने बताएका छन।
थारु संस्कृति संरक्षण तथा अनुसन्धान केन्द्र थारु संग्राहलय, रुपन्देहीका अध्यक्ष अनिरुद्र प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न सभाले थारु समुदायको कला संस्कृति, रिति रिवावको सम्बद्र्धन र प्रबद्र्धनका लागि यही माघ ७ गते तिलत्तोमा नगरपालिकाको बनवाटिकामा राष्ट्रिय स्तरको संस्कृति महोत्सव २०७९ मनाउने निर्णय समेत गरेको छ। उक्त महोत्सवमा थारु, मगर, नेवा, गुरुङ्ग, थकाली समुदायको सांस्कृतिक झांकी समेत प्रदर्शन गर्ने सभाले निर्णय गरेको छ। थारु संस्कृति संरक्षण तथा अनुसन्धान केन्द्र थारु संग्राहलय, रुपन्देहीका उपाध्यक्ष पल्टन प्रसाद चौधरीको स्वागत तथा सचिव राज चौधरीको सञ्चालनमा सभा सम्पन्न भएको थियो।