spot_img
spot_img
spot_img

कञ्चन जेसिजको शाखा अधिवेशन सम्पन्न, अध्यक्षमा बुद्धिप्रसाद रेग्मी चयन

spot_img

कञ्चन जेसिज (जेसीआई)ले आफ्नो कञ्चन शाखाको ५औ साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । संस्थाले शाखाको ५ औँ अधिवेशन शनिबार कञ्चन जेसिजको सचिवालयमा सम्पन्न गरेको हो । उक्त अधिवेशनमा संस्थाले निर्विरोध रुपमा २०२३ को लागी नयाँ पधाधिकारी सदस्य चयन गरेको छ । जसमा अध्यक्षमा बुद्धिप्रसाद रेग्मी चयन भएका छन् । यस्तै, कार्यकारी उपाध्यक्षको रुपमा प्रकाश उपाध्याय पौडेल र दिपा थारु निर्वाचित भएका छन् । भने उपाध्यक्षमा क्रमशः गंगादत्त ढकाल, खेम बहादुर क्षेत्री, सन्तोष कंडेल, ममता कार्की निर्वाचित भएका छन् । त्यस्तै सचिवमा समीर ढकाल र सहकोषाध्यक्षमा गोविन्द आचार्य सर्वसम्मत निर्वाचित भएका छन । त्यस्तै कानुनी सल्लाहकार धनपती ज्ञवाली, महासचिवमा नारायण शर्मा, कोषाध्यक्षमा निरोज पौडेल र अध्यक्ष प्रमुख सल्लाहाकार सुभाष सापकोटा मनोनित भएका छन् ।

जेसिजको विधान अनुसार महासचिव, कोषाध्यक्ष र कानूनी सल्लाहाकार निर्वाचित भने नवनिर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यावस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल एकबर्षको हुने छ । जेसिजको नेतृत्वमा १८ बर्षभन्दा माथिका र ४० बर्षभन्दा कम उमेर समूहका व्यक्तिले मात्रै नेतृत्वमा रहन पाउने व्यवस्था विधानमा रहेको छ । जेसिजले नेतृत्व विकास र व्यक्तित्व विकासलाई बढी प्राथामिकता दिने गरेको छ ।

अंग्रेजी भाषाबाट अनुवादित जेसीआई नेपाल एक स्वेच्छिक संगठन हो । यस संस्थाले सन् १९६४ देखि नै देशका युवाको नेतृत्व क्षमता विकासका निमित्त गैरसरकारी संस्थाको रुपमा काम गर्दै आएको छ । कञ्चन जेसीज २०२२ का अध्यक्ष राजन शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्य्रक्रमको सञ्चालन २०२३ को लागी निर्वाचन आयुक्त जेसिजका पुर्व अध्यक्ष राधिका चौधरीले गर्नुभएको थियो । कार्यक्रममा कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुणमणि पौडेल, रिटनिङ्ग अफिसर बाबुराम पौडेल तथा जेसीज प्रेमीहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img