spot_img
spot_img
spot_img

भैरहवामा पुष्प बृक्षरोपण,सौन्दर्यकरण तथा ब्याडमिन्टन कोर्ट शुभारम्भ

spot_img

-उर्मिला यादव यात्री

कान्दु वैश्य युवा सेवा समिती सिद्धार्थनगर भैरहवाले पुष्प बृक्षारोपण ,सौन्दर्यकरण तथा ब्याडमिन्टन कोर्ट शुभारम्भ कार्यक्रम आज भैरहवामा सम्पन्न गरेको छ। कान्दु वैश्य युवा सेवा समिती सिद्धार्थनगरका अध्यक्ष मनोज कान्दुको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले कान्दु वैश्य सेवा समितीको बिकास र संरक्षणको लागी प्रदेशबाट बजेट छुटयाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । कान्दु वैश्य युवा सेवा समितीका युवाहरु नया सोचका साथ अघि बढेकोले एकताका साथ नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । उहाँँले आफुले गर्न सक्ने हरेक सहयोगहरु गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

यस्तै गरी कार्यक्रममा कान्दु वैश्य समाज लुम्बिनी प्रदेशका प्रमुख आनन्द प्रसाद गुप्ताले कान्दु वैश्य युवा सेवा समितीले नमुना काम गरेको बताउनु भएको छ। गुप्ताले समाजमा पछि परेका ब्यक्तिहरुलाई समेत समितीमा जोडेर लैजानुपर्ने आग्रह गर्नु भयो । उहाले कान्दु धर्मशालाको बिकास र संरक्षणको लागी पाच हजार रुपैया दिने घोषणा गर्नु भएको छ । उहाले यसरी सबै समितीका पदाधिकारीहरुलाई पनि सहयोग गर्न अनुरोध गर्दै कान्दु वैश्य सेवा समितिका पदाधिकारीहरु संगठित भए मात्रै सफलता हासिल गर्न सकिने जोड दिनुभयो ।

यस्तै गरी कान्दु वैश्य युवा समितीका निर्बतमान अध्यक्ष गौतम गुप्ताले युवा समितीले एकताको साथ काम गरेकोले एकदमै उदाहरणीय कार्य गरेको बताउनु भएको छ । उहाले मन्दिर अगाडी फुल रोप्नु धेरै महत्वपुर्ण कार्य भएको बताउदै ब्याडमिन्टन कोर्ट शुभारम्भले हरेक ब्यक्तिको स्वास्थ्यलाई फाइदा हुने र खेल क्षमताको बिकासमा मदत पुग्ने बिश्वास ब्यक्त गर्नु भएको छ । वृक्षरोपण कार्यक्रम संयोजक मनोज कुमार बनियाँँको स्वागत मन्तब्य रहेको कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघ उपाध्यक्ष तथा युवा समितीका सल्लाहकार दिलिप कान्दु, श्रीराम जानकी हनुमान मन्दिर सेवा समितीका अध्यक्ष नरेन्द्र प्रसाद रौनियार , कान्दु वैश्य सेवा समितीका पुर्व अध्यक्ष श्रीराम गुप्ता, कान्दु वैश्य सेवा समितिका जिल्ला अध्यक्ष मदनलाल कान्दु लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन युवा समितिका महासचिव दुर्गा प्रसाद कान्दुले गर्नु भएको थियो ।

कान्दु वैश्य युवा सेवा समिती सिद्धार्थनगर रुपन्देहीको आयोजनामा पुष्प बृक्ष रोपण ,सौन्दर्यकरण तथा ब्याडमिन्टन कोर्ट शुभारम्भ कार्यक्रम युवा समितीका अध्यक्ष मनोज कुमार कान्दुको अध्यक्षता , वृक्षरोपण कार्यक्रम मनोज बनियाको संयोजकत्वमा तथा ब्याडमिन्टन कोर्ट निर्माण अजय बनियाको संयोजकत्वमा शुभारम्भ गरीएको हो । मन्दिरको सौन्र्दयीकरण तथा पुजापाठमा सहज हुने उदेश्यले मन्दिर वरीपरी बिभिन्न प्रकारमा पुष्प बृक्षहरु रोपण गरीएको छ । कार्यक्रममा मुल समितीका पदाधिकारी , सल्लाहकार , युवा समितीका पदाधिकारी , सल्लाहकार , पुर्व अध्यक्ष लगायत सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img