spot_img
spot_img
spot_img

सहकारी संस्थाहरुले सहुलियत दरमा शैक्षिक ऋण उपलब्ध गराउन जरुरी

spot_img

भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्र रहेका सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको भेला आज (बुधबार) सम्पन्न भएको छ। भेलालाई सम्बोधन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाको लेखा समितिका पदाधिकारीहरु इमानदार भए मात्र संस्थाको दिगो हित हुने बताउनु भयो। भक्तपुर नपाले आर्थिक पारदर्शिता र जनता केन्द्रित गतिविधि गरेकै कारण व्यापक जनताको हितमा काम गर्न सफल भएको बताउदै नगर प्रमुख प्रजापतिले सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई सहुलियत दरमा शैक्षिक ऋण उपलब्ध गराई उच्च शिक्षा हासिल गर्ने अवसर दिए सिंगो देश र समाज शैक्षिक रुपमा अगाडि बढ्न टेवा पुग्ने बताउनु भयो। नगर प्रमुख प्रजापतिले भक्तपुर नपाबाट उत्पादित मललाई प्राथमिकता दिनेतर्फ सहकारी संस्थाहरुको ध्यानाकर्षण गराउदै यसबाट देशलाई आत्मनिर्भर बनाउन पनि सहयोग पुग्नेमा उहाँले जोड दिनुभयो ।

बहुउद्देश्यीय सहकारी संस्थाहरुले ब्याजको लोभ देखाइ सदस्यहरुको रकम लिएर भाग्ने क्रम बढेसँगै धेरै जनता यस समस्याबाट पीडित बनिरहेको सन्दर्भ जोड्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले बहुउद्देश्यीय सहकारी संस्चालनमा रोक लगाइराखेको र त्यस्तो संस्थामा जनतालाई रकम जम्मा नगर्न र सदस्य नबन्न सचेत पार्ने कार्य गर्दै आइरहेको बताउनुभयो । आर्थिक अनियमिताका कारणले धेरै संघ संस्था र व्यक्तिहरु बद्नाम भइरहेको हुँदा आर्थिक कारोबार गर्नेहरु सचेत हुनुपर्नेमा जोड दिनुहुँदै नगर प्रमुख प्रजापतिलहाम्रो लगनशीलता र इमानदारिताले हामीलाई पतनमा जाने हो कि अग्रपंक्तिमा जाने निश्चित गर्ने बताउनुभयो । यसैगरी भनपा सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुरका सहकारीहरु सहकारीको मूल्य मान्यताभित्र रही काम गरे कुनै पनि आर्थिक संकट नआउने बताउनुहुँदै अनुत्पादक क्षेत्रमा लगानी नगर्न सहकारी संस्थाहरुलाई आग्रह गर्नुभयो ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका तर्फबाट प्रतिनिधि जगन्नाथ प्रजापतिले सहकारीका सञ्चालक र लेखा समितिका पदाधिकारीहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिँदै लेखा समितिको नियमित बैठक नबस्दा सहकारी क्षेत्रमा समस्या निम्तिन सक्नेतर्फ सचेत पार्नुभयो । सहकारी समितिका सदस्य हरिरत्न गोर्खाली र नारायणप्रसाद त्वानाबासुले सहकारी संस्थाको वर्तमान अवस्थाबारे आआफ्नो धारणा राख्नुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img