लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयले आज (बिहीबार) विज्ञप्ति जारी गर्दै सरकार गठनको लागि आह्वान गरेको हो । लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधवार ४ बजेसम्मको समय दिनुभएको छ ।
शेरचनले प्रदेश सभामा कुनै दलको बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सो समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिनुभएको हो । प्रदेश सभामा ८७ सदस्य रहेका छन्। पुस १७ गते सांसदहरूको शपथग्रहण र १८ गते प्रदेश सभाको अधिवेशन सुरु भइसकेको छ ।