spot_img
spot_img
spot_img

रुद्रपुर मावि अंग्रेजी माध्यम विद्यालयको ४८ औं बार्षिक उत्सव

spot_img

श्री रुद्रपुर माध्यमिक विद्यालय, कञ्चन ४ रुपन्देहीको अंग्रेजी माध्यममा बिद्यालयको ४८ औं बार्षिक उत्सवको अवसरमा विभिन्न खेल्कुद तथा सांस्कृतिक कार्यक्रम गरिएको छ। बार्षिक उत्सवको मुख्य समारोह भोली अर्थात पुस २२ गते हुने भएपनि अंग्रेजी माध्यममा अध्धयनरत बिधार्थीहरुका लागि एक दिन अगाडी विविध खेलकुद कार्यक्रम सहित सांस्कृतिक कार्यक्रम गरिएको हो। खेलकुदका बिभिन्न बिधाहरुमा पुरस्कृत बिधार्थीहरुलाई तथा सम्मान गर्दै बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनालले बिद्यालयबाट बिधार्थीहरुले असल शिक्षा र व्यबहार सिक्नु पर्ने बताउनु भयो। बिधार्थीलाई भविष्यमा के बनाउने र उनिहरुको भविष्य कता डोर्याउने भन्ने कुरा बिद्यालयमा सिक्ने शिक्षा र ज्ञानले तय गर्ने अध्यक्ष खनालले बताउनुभएको छ।

अंग्रेजी माध्यमका इन्चार्ज चिव्वर फौजाले बिद्यालयको शैक्षिक गुणस्तर कायम गर्न शिक्षकलाई बिषयगत तालिम र प्रोत्साहनउुक्त कार्यक्रम सञ्चालन गर्न आवस्यक रहेको बताउनु भयो। शिक्षकहरुको अथक मेहनत र प्रयास अनि अभिभावकहरुको सहयोग र समन्वयले मात्र अंग्रेजी माध्यममा अध्ययनरत बिधार्थीहरुले उचित शिक्षा प्राप्त गर्न सफल भएको बिद्यालयका इञ्चार्ज फौजाले उल्लेख गर्नुभयो।

कार्यक्रममा आन्तरिक रुपमा सञ्चालन गरिएका बिभिन्न खेलकुद प्रतिययोगिताहरुमा बिभिन्न स्थान प्राप्त गर्न सफल बिधार्थीहरुलाई पुरस्कार तथा सम्मान गरिएको थियो भने बिधार्थीहरुद्वारा विविध नृत्य तथा गित सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनालको अध्यक्षता तथा शिक्षक धनी थापा खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img