-रवि राना
श्री लोक सागर सामाजिक उद्यधी सहकारी संस्था लिमिटेड, शुद्धोधन ३ मैनहिया रुपन्देहीको आयोजनामा एकदिने निःशुल्क सुगर तथा युरिक एसिड परिक्षण र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्थानीय ज्ञानज्योती आधारभुत बिद्यालय,मैनहियामा भएको खुल्ला रक्तदान कार्यक्रममा ४० जना रक्तदाताहरुले रक्तदान गरेका थिए। यसैगरी ६५ जनाले सुगर तथा युरिक एसिड परिक्षण गरएको आयोजकले जनाएको छ। रुपन्देही नियमित रक्तदाता संघको सहकार्यमा सम्पन्न कार्यक्रमा एसियन डाइग्नोस्टिक ल्यावरोटरी,बुटवल र रक्तसञ्चार बुटवलले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।
रक्तदान तथा सुगर र युरिक एसिड परिक्षण कार्यक्रमबारे जानकारी गराउदै संस्थाका अध्यक्ष गोविन्द क्षेत्रीले सहकारीले वित्तिय कारोवरा मात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा बिभिन्न सामाजिक कार्यहरु पनि सञ्चालन गर्दै आइरहेको बताउनु भयो। जिवन र मृत्युको दोसाँधमा रहेका कुनै पनि व्यक्तिलाई हरेक तिन महिनामा रगत दान गर्नु भनेको सबैभन्दा ठूलो पुण्य कार्य भएको बताउदैअध्यक्ष क्षेत्रीले आफ्नो शरीर स्वस्थ राख्न पनि नियमित रक्तदान गर्नु पर्ने बताउनभयो।
सहकारीको आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको सुगर तथा युरिक एसिड परिक्षण कार्यक्रमले गाउघरमै स्वास्थ्य सेवामा सहयोग पुग्ने समेत अध्यक्ष क्षेत्रीले बताउनुभयो। संस्थाका उपाध्यक्ष दुर्गादेबी थापाको स्वागत तथा सचिव खिम बहादुर टण्डनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।