बुटवल ।
तिमी मदन म तिम्री मुना
घरी घरी नखोज छुन
मनचरी झै मनैमा बस , बन्चरी झैं बनतिर नबस।
माथिका हरफ गायिका ईन्दिरा गैरेको नयां गित मनचरीबाट साभार गरिएका हुन्।
पछिल्लो समय एकपछि अर्को गर्दै बजारमा आएका ईन्दिरा गैरेका गितहरुले श्रोता दर्शकको मन जित्न सफल छन।
अर्घाखांची जिल्लामा जन्मिएर बुटवललाई कर्मथलोे बनाउदै आएकी गायिका गैरेको नया गित ‘मनचरी’ बजारमा आएको छ।
गित निकै नै मेहनतका साथ बनाईएको छ गितको अडियो पक्षसंगै भिडीयो पक्ष पनि बलियो देख्न सकिन्छ।
गायिका गैरे, गायक रबिन लामिछाने र नब गायक पुर्णराज बेल्वासेको सुमधुर स्वरमा सजिएको गितको लय सुक तामांग सागरले भरेका हुन। गायक पुर्णराज बेल्वासेले गीत लेखेका छन।
यस्तै, गीतको भिडीयोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन भने भिडीयोमा लोकप्रिय मोडल बिमल अधिकारी , लोमश शर्मा र अश्मिता रणपालले अभिनय तथा नृत्य गरेका छन।
गितलाई दिपक विष्टले सम्पादन गरेको हुन भने दुर्गा पौडेलले छायांकन गरेका हुन्।
गित ईन्दिरा गैरे अफिसल युवटयुव च्यानलबाट सार्वजनिक भएको छ।