एजेन्सी । श्रीमतीले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् । श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन्। घटना साल्टलेक सिटी र लस भेगासबीचको दक्षिणी उटाहको सानो सहर एनोकमा घटेको हो ।
प्रहरीले बिहीबार भएको पत्रकार सम्मेलनमा घरायसी समस्याका कारण हत्या भएको बताए पनि घटनाको विस्तृत विवरण सार्वजनिक गरेन । यद्यपि नगरका प्रमुख जेफ्री चेस्नटले सम्बन्धविच्छेदको निवेदन नै हत्याको कारण हुनसक्ने बताएका छन् । एपी
श्रीमतीले सम्बन्धविच्छेदको निवेदन दर्ता गराएपछि ७ जनाको हत्यापछि आत्महत्या
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??