रुपन्देहीको सैनामैनामा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । नगरपालिकाको वडा नंबर–६ स्थित घरमा अभिभावक नभएको मौका छोपी साँझको समयमा आगो ताप्ने बहाना पारी जबरजस्ती गर्ने २५ वर्षीय मधु सोमरेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
जवरजस्ती करणी गर्ने मनसायले बालिकाको संवेदनशील अंगहरुमा छेुदै दुब्र्यबहार गरेकाृ भन्दै सोमरेलाई सुखौराबाट पक्राउ गरी जवरजस्ती करणी उद्योग कसुरमा अनुसन्धान सुरु गरिएको छ ।
बालिकाको आमा विदेशमा भएको र घरका बुबा पनि काममा गएको मौका पारी आफूलाई जवरजस्ती करणी गर्न खोजेको कुरा बालीकाले छिमेकी महिलालाई बताएकी थिइन् । सो बारे जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन ।