नेपालमा कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लामो समयपछि नेपालमा फेरि कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको हो । यस्तै पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार पीसीआर र एन्टीजेन गरी पाँच सय ५५ जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । अहिले नेपालमा कोरोना भाइरसका २१ जना सक्रिय संक्रमित रहेका छन। भने २४ घण्टामा दुई जना कोरोना संक्रमित निको भएका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??