कञ्चन //
रुपन्देहीको कञ्चनमा रहेको दिदिबहिनी महिला तथा बचत ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आगामी ४ बर्षका लागि सुमित्रा बुढाथोकीको अध्यक्षतामा ११ सदस्यिय नया सञ्चालक समिति सर्बसम्म रुपमा गठन गरेको छ। संस्थाको उपाध्यक्षमा कमला बिक, सचिवमा पुष्पा पोख्रेल गिरी र कोषाध्यक्षमा लक्षु बुढाथोकीलाई सर्बसम्मत निर्वाचित गरेको छ। यस्तै सदस्यहरुमा सुशिला क्षेत्री, संगिता क्षेत्री, सरिता कार्की, अमृता पाध्या, कौशिला आचार्य, आशा घिमिरे र पुर्णकला थापा निर्वाचित भएका छन। साथै सोही साधारण सभाले निरामाया रानाको संयोजकत्वमा तिन सदस्यिय लेखा सुपरिवेक्षण समितिको समेत निर्वाचित गरेको छ। लेखा सुपरिवेक्षण समितिको सदस्यमा पवित्रा घिमिरे र प्रेमकुमारी नेपालीलाई सर्बसम्मत निर्वाचित गरेको छ।
सस्थाका नव निर्वाचित सञ्चालक समितिलाई बधाई दिदै सभाका प्रमुख अतिथि तथा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले महिलाहरु घरको काममा माात्र नभई वित्तिय रुपमा पनि पारदर्शी र सवल रुपमा सञ्चालन गर्न सक्छन भन्ने उदाहरण दिदिबहिनी साकोसले सिकाउन सफल भएको बताउनु भयो। महिलाहरुलाई वित्तिय रुपमा साक्षर बनाई सवल र सक्षम नेतृत्वको बिकासका लागि दिदिबहिनीले महत्वपुर्ण भुमिका खेल्नु पर्ने उल्लेख गर्दै उपाध्यक्ष थापा मगरले अव शेयर सदस्यहरुलाई आर्थिक रुपमा सवल र सक्षम बनाउन मागमा भन्दा योजनामा आधारित कर्जा वितरण गर्न सके महिलाहरु आत्मनिर्भर बन्नमा प्रोत्साहन गर्नु पर्नेमा जोड दिनुभयो।
कार्यक्रमका बिशष्टि अतिथि तथा वडा नं४ का वडा अध्यक्ष केशरबहादुर खत्रीले दिदिबहिनी साकोसमा आवद्ध सबै शेयर सदस्यहरुले संस्थाबाट लिएको कर्जालाई उत्पादन मुलक क्षेत्रमा लगाउन सके सहकारी र शेयर सदस्यहरुको आर्थिक अवस्था पनि मजबुद हुदै जाने बताउनु भयो। नियमित बचत गर्ने बानीले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउने उललेख गर्दै वडा अध्यक्ष खत्रीले संस्थाबाट लिने कर्जालाई कर्जा तिर्न नभई व्यबसायिक क्षेत्रमा लगानी गरी नियमति आम्दानीको श्रोतलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो।
जिल्ला सहकारी संघ, रुपन्देहीका लेखा सुपरिबेक्षण समितिका सदस्य नाम बहादुर के।सी।ले सहकारी आफुलाई आपत विपत पर्दा गर्जो टार्न काम लाग्ने भकारी भएको बताउनु भयो। बिशष्टि अतिथि समेत रहेनु भएका के।सीले जसरी भकारीमा थोरै थोरै गरेर राखिएको अन्नले अनिकालमा छाक टार्न सहयोग गर्छ तयसरी नै सहकारीमा आज गरिने थोरै बचतले पछि ठूलो व्यबसाय गर्नको लागि लागनी गर्न समेत मुख्य पुँजीको काम गर्ने बताउनु भयो।
सभाले संस्थाका अध्यक्ष अमृता थापा मगरले प्रस्तुत गर्नु भएको संस्थाको बार्षिक प्रगति प्रतिवेदन र लेखा व्यबस्थापक उमेश देवकोटाले प्रस्तुत गर्नु भएको लेखा तथा आर्थिक प्रतिबेदन सर्बसम्मत अनुमोदन गरेको छ। २० लाख २५ हजार ३७६ खुद नाफा गर्न सफल भएको दिदिबहिनी साकोसमा ५२७ जना महिलाहरु शेयर सदस्यको रुपमा रहेका छन भने २० लाख ३० हजार ५४० रुपैया चुक्ता शेयरपुँजी रहेको छ।
निर्वाचन समितिका संयोजक हिमा बेलवासेले नव निर्वाचित सञ्चाल समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउदै दिदिबहिनीहरुको आर्थिक पक्षलाई बलियो बनाउन सके कहिकतै कसैबाट पनि कुनै हिंसा र अन्यायमा नपरिने बाउनु भयो। निर्वाचन समितिमा सुशिला थापा र उमेश देवकोटा रहनु भएको थियो। संस्थाका अध्यक्ष अमृता थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कमला बि।क। ले स्वागत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष लक्षु बुढाथोकीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।