गुल्मीको रेसुङ्गा विमानस्थलमा आज आइतवार परीक्षण उडान गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको तारा एअरको नाइन एन–एएलओ ट्विनअटर जहाजले आज बिहान १२ बजे रेसुङ्गा नगरपालिका १० को सिमिचौरमा परीक्षण उडान गरेको हो । परीक्षण उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, तारा एअरलाइन्स र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि ताराले आज परीक्षण उडान गरेको हो ।
काठमाण्डौबाट बिहान ११ बजे उडेको तारा एअरको जहाज झन्डै ४७ मिनेटमा गुल्मी आइपुगेको रेसुङ्गाका मेयर खिलध्वज पन्थीले जानकारी दिनुभयो । । परीक्षण उडानपछि अब नियमित उडानका लागि थप प्रक्रिया थालिने यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाको भनाई छ ।
उक्त विमानमा पूर्वमन्त्री प्रदीप ज्ञवाली, रामकुमारी झाक्री, प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, प्रदेशसभा सदस्य धनेन्द्र कार्की, तारा एयर र नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारी थिए। रेसुंगा विमानस्थलमा पहिलो पटक तारा एयरले उडान भरेको खुसीयालीमा रेसुंगा नपनगरपालिका कार्यालयले आईतबार सार्वजनिक विदा दिएको छ।
२०६३ सालदेखि काम सुरु भएको यस विमानस्थलको निर्माण १६ वर्षपछि सम्पन्न भएको हो । ३३ करोड रुपैयाँको लागतमा निर्माण भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि १५ सय २६ मिटरको उचाइमा रहेको छ ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरियो
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??