spot_img
spot_img
spot_img

देवदह नगरपालिकामा विद्युतीय भुक्तनी सेवाको शुभारम्भ

spot_img

देवदह // देवदह नगरपालिकाले विद्युतीय भुक्तनी(ई–पेमेन्ट) प्रणालिको शुभारम्भ गरेको छ। यो संगै नगरपालिकाका सेवाग्राहीहरुले eservice.devdahamun.gov.np मार्फत आफ्नो विवरण अद्यावधिक गरी उक्त लिन्क प्रयोग गरी वा ईसेवा मार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर भुक्तान गर्न सक्नेछन्।

नगरपालिकाको सभा हलमा सोमबार गरिएको कार्यक्रममा नगर प्रमुख ध्रुब प्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले संयुक्त रुपमा विद्युतीय भुत्तानी सेवा शुभारम्भ गरेका हुन्।

सोही अवरसरमा बोल्दै नगर प्रमुख ध्रुब प्रसाद खरेलले यो सेवा शुभारम्भ भए संगै करदाताले घरमै बसेर आफुले बुझाउनुपर्ने कर भुक्तान गर्न सक्ने बताए। नगरपालिका तथा मतहतका वडा कार्यालयहरुमा नगद कारोबारलाई विस्तारित गर्ने गरी विद्युतीय भुत्तानीको शुभारम्भ गरेको नगर प्रमुख खरेलले बताए।

पुरानो शैलीबाट काम गर्न झन्झटिलो हुनुका साथै ढिलासुस्ती हुने भएकाले बदलिँदो परिस्थितिअनुरूप आधुनिकीकरणलाई अवलम्बन गर्न आवश्यक रहेकोले सो प्रक्रिया सुचारु गरेको राजस्व शाखा प्रमुख विष्णु बस्यालले जानकारी गराए।

नगर प्रमुख धुव्रप्रसाद खरेलको अध्यक्षता, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागतमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, उपसचिव टिकाराम शर्मा, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img