spot_img
spot_img
spot_img

हरैया बचत तथा ऋण सहकारी संस्थाको १७औँ बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

spot_img

कञ्चन//

हरैया बचत तथा ऋण सहकारी संस्था लि हरैयाको १७औँ वार्षिक साधारण सभा तथा सातौ अधिवेशन शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मेघनाथ शर्माको अध्यक्षता तथा कञ्चन गाँउपालिका नि।बर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा कञ्चन गाँउपालिका नि।बर्तमान अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले कञ्चनको समग्र आर्थिक विकासका लागि सहकारीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले पालिकामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुले आर्थिक क्षेत्रमा टेवा पु¥याउने बताउनुभयो ।

सहकारीले शेयर सदस्यहरुको हितका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराई उनीहरुलाई आत्मनिर्भर बनाउने कार्यमा जोड दिनुपर्ने बताउनुभयो । साधारण सभामा कञ्चन गाँउपालिका वाड न ३ का अध्यक्ष टिकाराम सापकोटाले किसानहरुलाई उद्यमशिलता बनाउने उद्देश्य अनुरुप सहकारी अघि बढ्नुपर्ने बताउनुभयो ।

सभामा संस्थाका अध्यक्ष मेघनाथ शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले किसान शेयर सदस्यहरुलाई प्रत्यक्ष लाभ दिने खालका दीर्घकालिन रोजगारमूलक तथा सीपमूलक कार्यहरुको योजना बनाइरहेको बताउनुभयो । लेखा सुपरिबेक्षण समितिको तर्फबाट समितिका संयोजक कृष्ण प्रसाद जैसीले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा असल ऋणीहरुमा कन्चन ३ का कृषण बहादुर बिक, कन्चन ३ का टेकमाया शर्मा, र कन्चन ३ की बिष्णु कुमारी क्षेत्रीलाई सम्मान स्वरुप नगद ३ हजार रुपैया प्रदान गरिएको थियो।

संस्थाका जेष्ठ सदस्यहरु यम बहादुर क्षेत्री र सुक माया गुरुङ्गलार्ई पनि नगद रु ३ हजार रुपैया सहित सम्मान गरिएको थियो ।यसैगरी साधारण सभामा एस।ई।ई मा उच्चतम ग्रेड लिएका शेयर सदस्यका सामुदायिक विद्यालय तर्फ समिक्षा बिश्वकर्मा र विश्वदिप पौडेल यस्तै संस्थागत विद्यालयतर्फ आदित्य विक, आदित्य सुनार र सुजन क्षेत्रीलाई ३ हजार रुपैया प्रदान गरि सम्मान गरिएको छ।

शनिबार नै सम्पन्न अधिवेशनले मेघनाथ शर्माको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा अर्जुन ढकाल सचिवमा तुल बहादुर थापा र कोषाध्यक्षमा सिजर्ना सापकोटा ढकाल निर्वाचित हुनु भएको छ। यस्तै अधिवेशनले नयाँ सञ्चालक समितिको सदस्यमा जानुका भटराई, लाल प्रसाद शर्मा, शेरबहादुर राना र एकनारायण उपाध्यायलाई चयन गरेको छ ।
यस्तै कृष्ण प्रसाद जैसीेको संयोजकत्वमा तिन सदस्यिय लेखा सुपरिवेक्षण समितिको समेत निर्वाचित गरेको छ। सदस्यमा प्रकाश खनाल र कपिलमणी पौडेललाई निर्वाचित गरेको छ।

कञ्चन ३ हरैयाको हरैया बहुमुखी क्यामपसको सभाहलमा भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष यमबहादुर क्षेत्रीको स्वागत तथा संस्थाका सचिव अर्जुन ढकालकोे सञ्चालनमा सम्पन्न भएको हो । संस्थामा ८१२ जना सेयर सदस्यहरु रहेका छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img