कास्की //
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री अधिकारीसहित मन्त्रीहरू नेकपा एमालेकी सीता सुन्दास, नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराउनुभएको हो ।
६० सदस्यीय प्रदेश सभामा अधिकारीले ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा हिजो दाबी पेस गर्नुभएको थियो । उहाँलाई एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र स्वतन्त्र एक जना सांसदको समर्थन रहेको छ । शपथ ग्रहण गरेका मन्त्रीहरूको जिम्मेवारी भने तोकिएको छैन । उनीहरूले विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् ।