spot_img
spot_img
spot_img

प्रेस चौतारी रुपन्देहीद्धारा उम्मेदवार बनेका सम्पूर्ण पत्रकारको सदस्यता खारेज गर्न माग

spot_img

रुपन्देही//

प्रेस चौतारी नेपाल, रुपन्देहीले निर्वाचनमा उम्मेदवार बनेका सम्पूर्ण पत्रकारहरुको सदस्यता खारेज गर्न माग गरेको छ। प्रेस चौतारीले पछिल्लो समय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महासंघको सदस्य रहेका केही पत्रकार उम्मेदवार तथा राजनीतिक दलको प्रतिनिधि रहेको र यसरी उम्मेदवार दिएका पत्रकारहरुको सदस्यता खारेज गर्न माग गर्दै आज (सोमबार) नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललाई ज्ञापनपत्र बुझाएको हो ।

पत्रकार महासंघका कुनै पनि संरचनामा रहेको पदाधिकारी वा सदस्यहरु उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुन जाने निर्णय महासंघको यसअघिको बैठकले गरेको कुरालाई स्मरण गराउँदै उक्त निर्णय कार्यान्वयन भए/नभएको बारे समेत चौतारीले ज्ञापनपत्रमार्फत जिज्ञासा राखेको छ । उम्मेदवारी दिएका वा दलका कुनै पनि विभाग वा कमिटीमा रहेका पत्रकारहरुको छानबीन गरी सदस्यता अविलम्ब खारेज गर्नुपर्ने चौतारीको माग छ । अन्यथा प्रेस चौतारी नेपाल, रुपन्देहीले थप दबाबमुलक कार्यक्रम अगाडि बढाउने चेतावनी समेत दिएको छ।

नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७६) ले प्रष्ट रुपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन भन्ने कुरा व्यवस्था छ । राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्दीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्ने व्यवस्था छ ।’–ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले सदस्यताबारे महासंघ गम्भिर रहेको बताउनुभएको छ । उहाँले महासंघ सदस्यता शुद्धिकरणमा लागेको बताउनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img