काठमाण्डौ //
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय जनमोर्चा एक्लै भए पनि प्रतिपक्षमा रहने बताउनुभएको छ। उहाँले आफ्ना गल्ती पन्छाउने र एउटा दललाई सरकारबाट निकालेर आफू सरकारमा बस्न सबै दल एक ठाउँमा भएको हुनसक्ने आशंका ब्यक्त गर्नुभएको छ ।
प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै सङ्कटमा जानसक्ने समेत उहाँको आशंका छ। उहाँले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन गरेको भन्दै देश झनै सङ्कटमा जानसक्ने उल्लेख गर्नुभयो ।
मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले केसीले बोरामा पैसा लगेर चुनाव जितेर आएकाहरूबाट सरकारमा नगई, देशको प्राकृतिक स्रोत, साधनको दोहन नगरि चुनावको खर्च नउठ्ने भएकाले सबै एक ठाउँमा जम्मा भएको हुनसक्ने टिप्पणी गर्नुभयो ।