spot_img
spot_img
spot_img

ब्राजिलमा भएको दङ्गामा सहभागी एक हजार दुई सयजना पक्राउ

spot_img

ब्राजिल //

ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि एक हजार दुई सय जनालाई पक्राउ गरेको जनाएको छ । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले यहाँको राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि सोमबार व्यापक मात्रामा तोडफोड गरेका थिए ।

उनीहरुले यहाँको संसद भवन, ब्राजिलका राष्ट्रपतिको कार्यालयमा पनि आक्रमण गरेका थिए । उनीहरुले संसद भवनभित्रै प्रवेश गरेर त्यहाँका भौतिक संरचनामा पनि तोडफोड गरेका थिए । प्रहरीले आइतबार रातिको सो घटनाको अनुसन्धान गर्ने क्रममा राति नै करिब तीन सय जनालाई पक्राउ गरेको थियो।

त्यस लगत्तै प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा प्रहरीले सो आक्रमण र हिंसामा सहभागी भएका व्यक्तिहरुलाई सिसी टिभीबाट पहिचान गरेर पक्राउ गर्ने काम थालेको थियो । यहाँको राष्ट्रपतिका रुपमा लुइज इनासियो लुला दा सिल्भा शक्तिमा आएपछि उहाँको विरोधमा पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले सो विरोध गरेका हुन् । उनीहरुले राष्ट्रपतीय निर्वाचनको विरोध गरेका थिए ।

उनीहरुले राजधानी सहरमा रहेको सर्वोच्च अदालतको भवनमा पनि आगजनी गरेका थिए । त्यसपछि यहाँका प्रधानन्यायाधीशले उनीहरुलाई पक्राउ गरेर कारबाही गर्न प्रहरी प्रशासनका नाममा आदेश पनि दिनुभएको थियो । यही जनवरी १ मा ब्राजिलका राष्ट्रपतिको शपथ लिनुभएका लुलाले हिंसामा सहभागी भएका सबैलाई कानुन अनुसार कारबाही हुने जानकारी दिनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img