काठमाण्डौ //
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले नियुक्त हुनुभएको छ। उहाँलाई आज (बुधवार) प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपाका एक र नेकपा एकीकृत समाजवादीका एक जना गरी २५ जना सांसदको समर्थनमा शर्मा मुख्यमन्त्री बन्नुभएको छ ।
माओवादी पोलिटब्युरो सदस्य शर्मा गएको मङ्सिर ४ गते भएको चुनावमा रुकुम पश्चिम प्रदेश सभा ९ख० बाट निर्वाचित हुनुभएको हो । कर्णाली प्रदेशमा ४० जना सांसद रहेका छन् । कर्णालीमा माओवादी केन्द्र र एमालेबीच साढे दुई वर्षका दरले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको छ।