सियारी//
रुपन्देहीको सियारी गाउँपालिकाको १२औं गाउँसभा भोली शुक्रवार हुने भएको छ। गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले शुक्रबार दिउसो १ बजेका लागि गाउँसभा आब्हान गर्नुभएको हो । स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा १९(२) अनुसार अध्यक्ष घिमिरेले गाउँसभा बैठकको आब्हान गर्नु भएको हो ।
गाउँसभा बैठकमा हालसम्मको समिक्षा र आगामी कार्यदिशाबारे छलफल तथा बिभिन्न विधेयक पारित सम्बन्धी छलफल गरिने गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिनुभयो। बैठकले नगर प्रहरी ऐन संशोसन सम्बन्धी र विविध बिषयमाथि छलफल गरिने गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।