एजेन्सी //
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले एन्जर्सलाई हराएको छ । बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २–० ले हराएको हो । खेलको पाँचौं मिनेटमा हुगो एकिटिकेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि ७२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए । जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको १८ खेलबाट ४७ अंक छ । दोस्रो स्थानमा रहेको लेन्सको ४१ अंक छ । पराजित एन्जर्स ८ अंक जोडेर पुछारमा छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??