spot_img
spot_img
spot_img

सिद्धार्थनगर नगर सभाको १२ औं अधिवेशन सम्पन्न

spot_img

भैरहवा//
सिद्धार्थनगर नगरपालिका नगर सभाको १२ औं अधिवेशन सम्पन्न भएको छ । सभामा नगरका प्रमुख इश्तियाक अहमद खानले नगरपालिकाको आर्थिक वर्ष ०७९र०८० को अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नतर्फ ध्यान दिने बताउनुभएको छ । उहाँले सभामा नगरमा विभिन्न स्थानमा स्मार्ट लाइन जडान गर्ने कार्यदेखि लिएर नगरको सौन्दर्यकरणको लागि ठेलाको व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा अनाधिकृत रुपमन सडक तथा फुटपाथ अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउने लगायतका कार्यहरुको सुरुवात गरिएको बताउनुभएको छ ।

उपप्रमुख उमा अधिकारीले नगरको विकासका लागि कर्मचारी र जनप्रतिनिधिहरु एक भएर अघि बढेको र आगामी दिन पनि मिलेर अघि बढ्ने उल्लेख गर्नुभयो । त्यस्तै सभाले करको क्षेत्र थप गर्ने सम्बन्धित विषय सर्वसम्मतले पारित गरेको छ । सभाले आर्थिक ऐन २०७९ को दफा ६ सँग सम्बन्धित अनुसूची ६ मा अन्य व्यवसायतर्फको शिर्षकमा भन्सार कार्यालयमा गोदाम तथा मालवाहक गाडीहरुको व्यवस्थापन गर्ने उद्देश्यको व्यवसाय गर्ने फर्मबाट प्रति सवारीसाधन वापत १ रुपैयाँ करको दर कायम गरेको छ ।

सभामा नगर प्रमुख खान, उपप्रमुख अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, वडाअध्यक्षहरु, सदस्यहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img