spot_img
spot_img
spot_img

आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्काले सैन्य क्षमता आधा घटाउने

spot_img

२९ पुस, एजेन्सी ।
आर्थिक सङ्कट भोगिरहेको दक्षिण एसियाली देश श्रीलङ्काले आफ्नो सेना ठूलो सङ्ख्यामा घटाउने घोषणा गरेको छ । समाचार एजेन्सी पीटीआईको प्रतिवेदनअनुसार श्रीलङ्काले सन् २०३० सम्म आफ्नो सैन्य क्षमता आधाले घटाउने बताएको छ । सन् २०२३ का लागि बजेट प्रस्तावमा श्रीलङ्काले अब प्राविधिक र रणनीतिकरूपबाट अधिक सन्तुलित ुडिफेन्स फोर्सु निर्माण गर्न ध्यान दिने भनिएको छ । श्रीलङ्कामा रक्षा खर्च स्वास्थ्य र शिक्षामा हुने खर्चभन्दा धेरै हुने गरेको भन्दै आलोचना हुँदै आएको छ ।

श्रीलङ्काको सेनामा अहिले दुई लाख सात सय ८३ सैन्यकर्मी छन्, यो सङ्ख्यालाई कम गरेर सन् २०३० सम्म एक लाख बनाउने लक्ष्य छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले गएको वर्ष नयाँ चुनौतीहरूको सामना गर्नका लागि देशको सेनालाई तयार गर्नका लागि सैन्य रणनीतिमा सुधारको आवश्यकता रहेको बताउनुभएको थियो । श्रीलङ्काले सन् १९४८ यताकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा इन्धन, ऊर्जा र औषधि लगायतको चरम अभाव छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img