spot_img
spot_img
spot_img

थारु समुदायमा माघिसँगै नयाँ वर्षको रमझम

spot_img

बुटवल// मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाइने तयारी भईरहेको छ । माघि पर्वसँगै माघ १ गतेदेखि थारु संवत २६४६ पनि सुरु हुँदैछ, जसलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउदै आएका छन । माघि र नयाँ वर्षलाई धुमधामका साथ मनाउने थारु समुदाय मघौटा, धमार झुम्रा नाच प्र्रस्तुत गर्दछन । नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्न गाउँ वस्ती आसपासका नदीमा सरसफाई गर्दै गाउँटोललाई सजाएका छन । यो पर्वसँगै नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ नयाँ लत्ताकपडाको पनि उचित जोहो गरिसकेका छन । रोजगारीका लागि विदेशिएकाहरु पर्व मनाउन घर फर्किसकेका छन् ।

माघीमा पाहुना धेरै जम्मा हुने भएकाले ढिक्री, रोटीलगायत खानाका परिकार बनाउने, खाने गर्दछन भने माघे संक्रान्ती पर्व मनाउनेहरुले खिचडी, उसिनेका तरुल, आल, शखरखण्ड आदी बेलुका उसिनेर राखी बिहान नुहाईधुवाई गरी पुजापाठ गरेर खाने प्रचलन रहेको छ ।

यस्तै पुसको अन्तिम दिनलाई थारु समुदायले पुरानो वर्षको अन्तिम दिनका रुपमा मनाउने गर्छन् । पुरानो वर्षको विदाई स्वरुप पुषको अन्तिम दिन (जीता) बंगुर मार्ने प्रचलन रहेको थारु अगुवा माघव चौधरीले बताए । ‘जिता’ को प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ ।

‘माघे संक्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी, तलाउमा नुहाइ आफूभन्दा ठूलाबाट आशीर्वाद लिने चलन छ । चौधरीका अनुसार विशेष स्नानपछि विवाहित छोरी चेलीलाई (निश्राउ) चामल, नुन, तेल, बेसारलगायतका खाद्यान्नबाट तयार पारिएको परिकार दिने परम्परा छ । जसलाई थारु भाषामा ‘उपहार’ भनिन्छ । थारू समुदायमा यो पर्वमा विषेशगरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गोटा लगायतका स्थानीय खानाका परिकारलाई महत्व दिने गर्दछन् । थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामुहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img