spot_img
spot_img
spot_img

तिलोत्तमामा रहेको सिद्धेश्वर राधाकृष्ण मन्दिरको नवौ साधारण सभा सम्पन्न

spot_img

बुटवल//

रुपन्देहीको तिलोत्तमा दुई तपाहामा रहेको सिद्धेश्वर महादेव तथा राधाकृष्ण मन्दिरको नवौ वार्षिक साधारण सभा आज (शनिबार) सम्पन्न भएको छ । साधारण सभाले मन्दिरलाई नगरकै नुमना धार्मिक स्थलका रुपमा विकास गर्ने गरि योजना अगाडि बढाउने प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको छ । राधा कृष्ण र सिद्धेश्वर दुई मन्दिर एकै स्थानमा संचालन हुदै आएको र यि मन्दिरलाई धार्मिक स्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाइएको मन्दिर संचालक समितिका अध्यक्ष खिलबहादुर पौडेलले जानकारी दिनुभयो ।

हिन्दु धार्मिक पर्वहरुमा विभिन्न सत्संग तथा धार्मिक अनुस्ठानसँगै धर्मिक प्रवचन, भजनकिर्तन लगायतका कार्यक्रम गरेर मन्दिर क्षेत्रलाई पवित्र स्थलका रुपमै विकास गरिने उहाँले बताउनुभयो । मंदिर संचालक समितिका सचिव प्रेमप्रसाद भुसालको संचालनमा भएको कार्यक्रममा मन्दिरका बरिष्ठ सल्लाहकार काशिराम काफ्लेले साधारण सभाको उद्घाटन गर्दै धार्मिक सहिष्णुता कायम गर्दै समाज रुपान्तरणमा जोड दिनु पर्ने बताउनुभयो । कार्यक्रममा कालिका मानवज्ञान माविका अध्यक्ष नित्यानन्द ज्ञवाली, मन्दिरका सल्लाहकार दयानिधि पौडेल, दुर्गाभवानी मन्दिर संचालक समितिका अध्यक्ष केदार क्षेत्री, बरिष्ठ पत्रकार खिमानन्द भट्टराई, जानकीनगर महिला समुहका अध्यक्ष देवकी न्यौपाने, जागृति युवा क्लवका अध्यक्ष विदुर केसी, हिमलाल भुसाल लगायतले विभिन्न धर्मजाती तथा भाषाभाषी रहेको मुलुकमा धार्मिक एकता र सहिष्णुताले मात्र समाज विकास सम्भव हुने विचार राख्नु भएको थियो ।

दुई मन्दिर राधाकृष्ण तीन तले भवन सहित दुई कठ्ठामा स्थापना गरिएको मन्दिर सो क्षेत्रको आस्थाको केन्द्रका रुपमा विकास भएको मन्दिर पुर्ननिर्माण समितिका संयोजक लोकनाथ ज्ञवालीले जानकारी दिनुभयो । विभिन्न धार्मिक कार्यक्रम तथा दान संकलनगरि गएको असार मसान्तरसम्म ९ लाख बरावरको बार्षिक कारोवार रहेको तथा अहिलेसम्मको वासलात ५२ लाख रहेको लेखा संयोजक गोविन्द भुसालले जानकारी दिनुभयो । साधारण सभाको अवसरमा मन्दिर संचालनका लागि सहयोग गर्ने ब्यक्ति, संघसंस्था तथा आजीवन सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img