spot_img
spot_img
spot_img

कञ्चनमा आठौं राष्ट्रिय योग दिवस मनाईयो

spot_img

कञ्चन//
रुपन्देहीको कञ्चन गाउँपालिकामा “जीवनको चाहना योग शिक्षा र साधना” भन्ने नाराका साथ आठौं राष्ट्रिय योग दिवस मनाईएको छ। स्वस्थ जिवनका लागि योग शिक्षा र साधनाको महत्ववारे बिधार्थीहरुलाई एक दिने प्रशिक्षणको आयोजना गरी सो दिवस मनाइएको हो। योग शिक्षा र साधनाबारे प्रशिक्षण कार्यक्रममा सहभागी बिधार्थीहरुलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिका सामाजिक बिकास समितिका संयोजक चित्रलाल तुलाचनले योग साधनाले मात्र मानिसको जिवन स्वस्थ रहने बिचार व्यक्त गर्नु भयो। नियमित योगाभ्यास गर्ने व्यक्तिहरु शारिरीक र मानसिक रुपमा तन्दुरुस्ती हुने बताउदै संयोजक तुलाचनले स्वास्थ्यका दृष्टिले दिर्घजिवी बन्ने वैज्ञानिक तथ्य पनि सावित भएको उल्लेख गर्नुभयो।

कञ्चन गाउँपालिकाका प्रवक्रा समेत रहनु भएको तुलाचनले बिधार्थी जिवनबाटै नियमित रुपमा योग साधना गरे ती विद्यार्थीहरुको बौद्धिक रुपमा तिक्ष्ण बन्ने बताउनुभयो। कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले शारिरीक, मानसिक र बौद्धिक रुपमा स्वस्थ हुन योग साधना आवस्यक रहने बताउनु भयो। दिर्घजिवन जिउन, विभिन्न रोगहरुको संक्रमणबाट बच्न र बधार्थीहरुका लागि तिक्ष्णता कायम गर्न नियमित रुपमा योग साधनामा लाग्नु हरेक दृष्टिले महत्वपुर्ण रहेको भन्दै उपाध्यक्ष थापा मगरले राष्ट्रिय योग दिवसको अवसरमा बिधार्थीहरुलाई योग शिक्षाबारे प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।

कञ्चनका सामुुदायिक तथा संस्थागत बिधालयहरुका माध्यमिक तहमा अध्ययन गर्ने बिधार्थीहरुका लागि सञ्चालन गरिएको योग शिक्षा र साधनाबारे लुम्बिनी आयुर्वेद शिक्षालयका बरिष्ठ कविराज निरीक्षक नरहरी अर्यालले स्वागत गर्दै योग साधनाको महत्ववारे प्रशिक्षण समेत दिनु भएको थियो। कार्यक्रममा योग प्रशिक्षकहरु आनन्द प्रकाश र अनिल मारुथले योग प्रशिक्षण गराउनुभएको थियो।

कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षता तथा रुद्रपुर आयुर्वेद औषधालयका बरिष्ठ कविराज निरीक्षक खिमानन्द खनालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो। नेपाल सरकारले हरेक बर्षको माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउदै आएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img