spot_img
spot_img
spot_img

इरानले पूर्व सहायक रक्षामन्त्री अकबरीलाई मृत्युदण्ड दिएपछि विश्व समुदायबाट आलोचना

spot_img

एजेन्सी//
इरानले पूर्व सहायक रक्षा मन्त्री अलिरेजा अकबरीलाई मृत्युदण्ड दिएपछि विश्व समुदायले आलोचना गरेका छन् । अकबरीको मृत्युदण्ड लगत्तै बेलायत, फ्रान्स, अमेरिकासहित विश्व समुदायले विरोध गरेका हुन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मृत्युदण्डको घटनाले आफू स्तब्ध भएको बताउनुभएको बीबीसीले जनाएको छ।

सुनकले ट्विटरमा लेख्नुभएको छ, “यो एक निर्दयी र कायरतापूर्ण काम हो । बर्बर शासनले आफ्नै नागरिकको मानव अधिकारको सम्मान गर्न सक्दैन ।’ बेलायतका लागि जासुसी गरेको आरोपमा बेलायतीमूलका इरानी नागरिक अकबरीलाई इरानले मृत्युदण्ड दिएको हिजो खबर सार्वजनिक भएको थियो । मृत्युदण्ड कहिले र कहाँ दिइयो भन्नेबारे खुलाइएको छैन ।

फ्रान्सले पनि एक विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ । अमेरिकाले इरानलाई अकबरीलाई मृत्युदण्ड नदिन आग्रह गरेको थियो । अमेरिकी कुटनीतिज्ञ वेदान्त पटेलले अकबरीलाई हिरासतमा रहँदा नशालु पदार्थ सेवन गराइएको, यातना दिइएको, हजारौँ घण्टा सोधपुछ गरिएको र झुटो स्वीकारोक्ति गर्न बाध्य पारिएको समाचारबाट वासिङ्टन निकै चिन्तित भएको बताउनुभएको छ । एम्नेस्टी इन्टरनेशनलले पनि मृत्युदण्डलाई घृणित भनेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img