spot_img
spot_img
spot_img

नेपालमा भएका सबै एटीआर विमानको जाँच गर्दा त्रुटि नभेटिएको प्राधिकरणको भनाई

spot_img

काठमाण्डौ//

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उड्ने सबै एटीआर जहाजको प्राविधिक जाँच गर्दा कुनै त्रुटि नरहेको बताएको छ । पोखरामा हिजो भएको यति एअरलाइन्सको विमान दुर्घटनालगत्तै नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजको विस्तृत प्राविधिक परीक्षण गरेको र परीक्षणका क्रममा कुनै पनि त्रुटि नभेटिएको प्राधिकरणले आज विज्ञप्ति निकालेर जानकारी गराएको हो ।
नेपालका सबै वायु सेवा कम्पनीबाट नियमित उडान योग्यताका लागि चाहिने दैनिक परीक्षण, उडानअघिको परीक्षण लगायतका सम्पुर्ण परिक्षण अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्ड तथा सिफारिस र वायु यान निर्माता कम्पनीको मापदण्ड अनुसार नै हुने गरेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img