spot_img
spot_img
spot_img

वरिष्ठ नेत्र चिकित्सक डा. रूइतलाई १० लाख डलर राशीको प्रतिष्ठित इसा पुरस्कार

spot_img

काठमाण्डौ//

वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रूइतलाई ‘मानवता सेवाका लागि इसा पुरस्कार’ प्रदान गरिने भएको छ। बहराइन सरकारले हरेक दुई वर्षमा प्रदान गर्दै आएको स्वर्ण पदक र १० लाख डलर राशीको उक्त प्रतिष्ठित पुरस्कार यस वर्ष नेपाली डा. रूइतलाई दिने भएको हो। पुरस्कारका लागि यस वर्ष मनोनीतहरू मध्ये डब्ल्यूएचओ फाउन्डेसन पनि रहेकोमा निर्णायकहरूले डारुइतलाई छनोट गरेका हुन ।

पुरस्कार विपत् रोकथाम र राहत, शिक्षा र मानव सहिष्णुता लगायत ११ वटा विधामध्येबाट प्रदान गरिन्छ। मोतीबिन्दुको शल्यक्रिया गरी एसिया र विश्वका अन्य भागमा एक लाख ८० हजारभन्दा बढी मानिसलाई दृष्टि दिन मद्दत गरेका आधारमा डा.रुइतलाई पुरस्कार प्रदान गरिएको गल्फ न्युजले जनाएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img