बुटवल//
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेश सभाबाट विश्वासको मत लिनुभएको छ । नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बन्नुभएका गिरीलाई नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी ५७ जना सांसदले मत दिएका छन् भने नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका २८ जना सांसदले गिरीको विपक्षमा मत दिएका छन् ।
दाङको देउखुरीमा रहेको प्रदेश सभा बैठकमा आज बिहीवार भएको मत विभाजनमा मुख्यमन्त्री गिरीले बहुमत सांसदको मत पाउनुभएको हो । गिरी गएको पुस २७ गते ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।