spot_img
spot_img
spot_img

न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

spot_img

एजेन्सी //

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले आगामी महिना पदत्याग गर्ने घोषणा गर्नुभएको छ । सन् २०१७ मा ३७ वर्षको उमेर प्रधानमन्त्री हुनुभएकी आर्डनले स्वेच्छाले पदत्याग गर्ने घोषणा गर्नुभएको हो । प्रधानमन्त्री पदको जिम्मेवारीका कारण आफूलाई मानसिक तनाव भएको भन्दै उहाँले फेब्रुअरी ७ आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गर्नुभयो। आगामी अक्टोबर १४ मा न्युजिल्याण्डमा आम निर्वाचन हुने तय भएको छ । उक्त निर्वाचनबाट आफू पुनः निर्वाचित हुने सम्भावना रहे पनि त्यसो नगर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री बनेपछि देशका ठूला चुनौतीहरु झेलेको र त्यसले आफ्नो परिवारलाई समय दिन नपाएको भन्दै अब पुनः निर्वाचित हुने ईच्छा नरहेको उहाँको भनाइ थियो । अक्टोबरको निर्वाचनपछि नयाँ व्यक्तिले जिम्मेवारी सम्हाल्नु भन्ने आफ्नो चाहना रहेको पनि आर्डनले बताउनुभयो । कोभिड कालमा कठोर नीति लिएको भन्दै देशभित्र उनको आलोचना हुँदै आएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img