spot_img
spot_img
spot_img

घरमा शौचालय नबनाउने कपिलवस्तुका ४ कर्मचारी कारबाहीमा

spot_img

कपिलवस्तु//

कपिलवस्तुको विजयनगर गाउँपालिकामा कार्यरत ४ जना कर्मचारी कारबाहीमा परेका छन। कार्वाहीमा पर्नुको खास कारण कार्यलयबाट पटक पटक निर्देशन र आग्रह गर्दा समेत ती कर्मचारीहरुले अटेरीगरी आफ्नो घरमा शौचालय निर्माण नगर्नु हो । सो गाउँपालिका तीन वर्षअघि नै खुल्ला दिशामुक्त घोषणा भएपनि आफ्नै कर्मचारीले नै यसको कार्यान्वयनमा अटेरी गरे अटेरी कर्मचारीहरुलाई कार्वाही गरेको हो। पालिकाको वडा नं। ७ का वडा अध्यक्ष दिनेश चौधरीले वडा कार्यालयले माघ ४ गते पालिकालाई पठाएको पत्रसंख्या ०७९र८० को चलानी नं। ६०९ को पत्रमा घरमा शौचालय नबनाएको भन्दै ती अटेरी कर्मचारीहरुलाई विभागीय कारबाहीको लागि पालिकालाई सिफारिश गरेका छन।

विभागिय कार्वाहीमा पर्नेमा विजयनगर गाउँपालिका कृषि शाखामा कार्यरत सञ्जयकुमार गुप्ता, तारा माध्यमिक विद्यालयमा कार्यरत जगनारायण गुप्ता, जनज्योति आधारभूत विद्यालयमा कार्यरत मुस्लिम मुसलमान र नाली जाम गरि सडक फोहर गरेको भन्दै वडा नम्बर ३ मा कार्यरत सहयोगी दयाराम लोनिया रहेका छन। पत्रमा वडाले विगतदेखि सरसफाइको अभियान सञ्चालन गर्दै आएको भए पनि अटेरी गरेकोले कारबाही गरिने वडाध्यक्ष चौधरीले बताए । पटक पटक आग्रह गर्दा समेत आफ्नो वडा कार्यलय र वडा अन्तर्गत सामुदायिक बिद्यालयमा कार्यरत कर्मचारीहरुले शौचालय नबनाए पछि वडाले कार्वाहीका लागि सिफारिस गरिएको वडा अध्ययक्ष चौधरीले प्रस्टीकरण गर्नु भयो। वडा अध्यक्ष चौधरीले भने अहिलेको समयमा पनि शौचालय नबनाउने कुनैपनि व्यक्तिहरुले सरकारी कार्यालयमा काम गर्ने छुट कसैलाई नभएको समेत बताउदै ‘वडाका सबै नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै सरसफाइ अभियान लागू गरेको बताउनुभयो ।

कर्मचारीहरूले २ वर्षदेखि शौचालय बनाउन शुरु गरेको भनेपनि पूरा नगरेर अटेरी गरेको वडाध्यक्ष चौधरीले बताउनुभयो। यता कारबाहीको सिफारिसमा परेका कर्मचारीलाई गाउँपालिकाले स्पष्टीकरण लिने गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बताए । सरसफाइ अभियन्ताको रूपमा हुनुपर्ने व्यक्तिले शौचालय नबनाउनु गैरजिम्मेवार रहेको थापाको भनाइ छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img