गैडहवा//
रुपन्देहीको गैंडहवा गाउँपालिका वडा न ३ को वडा कार्यालयले जेष्ठ नागरिक, एकल महिला, महिला तथा अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडाको रुपमा कम्बल वितरण गरेको छ।गैंडहवा गाउपालिका वडा नं। ३ ले ४ सय ६६ जना जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरुलाई कम्वल वितरण गरिएको हो। यसैगरी ४० जना शिशु बालबालिकाहरुलाई समेत सुइटर वितरण गरेको छ। न्यानो कपडा वितरण गर्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले आगामी दिनहरुमा पनि गाउँपालिकाको सबै सर्वसाधारण जनताहरुलाई जाडोको समयमा न्यानो कपडा वितरण गरिने बताउनु भयो।
कार्यक्रममा गैंडहवा गाउपालिका वडा नं।३ का वार्ड अध्यक्ष राम अजोर यादवले तराईका विभिन्न क्षेत्रमा विगत केही दिनदेखि अत्यधिक जाडोका कारण जनजिवन प्रभावित भएको बताउदै विपन्न तथा असाहयलाई जाडोबाट बचाउने उद्धेश्यका साथ न्यानो कपडा वितरण गरिएको उल्लेख गर्नुभयो।
वडा नं ३ का वडा अध्यक्ष राम अजोर यादवको अध्यक्षतामाा समपन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मधुरी जैसवाल, वार्ड न ५ का वार्ड अध्यक्ष विजय कुमार शर्मा वार्ड सदस्य चरजित गुप्ता, श्री राम कलवार, शिव शंकर कोहर, किसमती हरिजन, लात कुमारी चौधरी, विष्णुपुरा माध्यमिक विद्यायलका प्राधानाध्यापक राम किशोर आरख, सुशील चौधरी, लगायतको उपस्थितिको रहेको थियो। वार्ड न ३ का वार्ड सचिव जगिश प्रसाद यादवले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।