spot_img
spot_img
spot_img

गुगलको मातृ कम्पनी अल्फाबेटले १२ हजार कर्मचारी हटाउने

spot_img

एजेन्सी//
गुगलको मातृ कम्पनी अल्फाबेटले ठूलो मात्रामा कर्मचारी हटाउने भएको छ । कम्पनीले आज १२ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको हो । अल्फाबेटका सीईओ सुन्दर पिचाईले खस्कँदै गएको आर्थिक अवस्थाका कारण १२ हजार पद घटाउने भन्दै कर्मचारीहरूलाई पत्र पठाएका समाचार एजेन्सी एएफपीले जनाएको छ ।

कम्पनीको यो निर्णयबाट अमेरिका लगायत अन्य देश प्रभावित हुनसक्ने एएफपीमा उल्लेख छ । अरु देशहरूमा भने यो प्रक्रिया पूरा हुन केही समय लाग्ने भएको छ । केही दिनअघि मात्र माइक्रोसफ्टले पनि १० हजार जनालाई जागिरबाट हटाएको घोषणा गरेको थियो । मेटा, ट्वीटर लगायतका कम्पनीले ठूलो सङ्ख्यामा आफ्ना कर्मचारी कटौती गरिरहेका छन् । जसका कारण थुप्रैले रोजगारी गुमाउन परेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img