spot_img
spot_img
spot_img

सोमबारदेखि देशभर झरी पर्ने मौसमविदको अनुमान

spot_img

काठमाण्डौ//

आउँदो सोमबार रातिदेखि देशभर पानी पर्ने मौसमविदले अनुमान गरेका छन । सोमबार रातीदेखी पश्चिम नेपालबाट सुरु भएर बिहिबारसम्म काठमाण्डौ लगायतका क्षेत्रमा सामान्यदेखि मध्ययम वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभएको छ । हिमाली भेगमा भने मंगलवारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । साथै यस बर्षको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको छ ।

मौसम विज्ञान विभागको तथ्यांक अनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो । सन् १९९१ देखि सन् २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शुन्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्यांक छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img