spot_img
spot_img
spot_img

लिट्ल वर्डस अन्तर डोजो कराते छनौट प्रतियोगिता सम्पन्न

spot_img

सैनामैना//

रुपन्देहीको सैनामैना २, रानी वगैचामा अवस्थित लिटल वर्डस इङ्लिस स्कुलमा आइतवार एक समारोहका बीच अन्तर डोजो कराते छनौट प्रतियोगिता २०७९ सम्पन्न भएको छ । लिटल वर्डस इङलिस स्कूलको प्रायोजन तथा लिटल वर्डस डोजोको आयोजनामा सम्पन्न प्रतियोगितामा जुनियर र सिनियर तहमा विभिन्न तौल समुहमा प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा सहभागी खेलाडी तथा प्रशिक्षकहरुलाई सम्बोधन गर्दै लिट्ल वर्डस् इङ्लिस स्कूलका प्रधानाध्यापक श्रवण कुमार गौतमले विद्यालयले खेलकुदलाई सधै प्राथमिकतामा राख्दै आएको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रधानाध्यापक गौतमले आगामी दिनहरुमा अझ व्यबस्थित र ठूला प्रतियागिता आयोजन गर्न स्कूलले हरसम्भव प्रयास गर्ने समेत जानकारी दिनुभयो । विशिष्ट अतिथि तथा जापान गोजुरियो करातेको केन्वाकाइ नेपाल संघका केन्द्रिय उपाध्यक्ष रवि रानाले प्रतियोगिताले विद्यार्थीहरुमा शारिरीक एवंम् मानसिक क्षमता अभिवृद्धि हुनुका साथै उनीहरुको शैक्षिक विकासमा समेत टेवा पुग्ने कुरा उल्लेख गर्नुभयो । लिट्ल वर्डस् डोजोका प्रमुख प्रशिक्षक अनुपम ज्ञवालीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा सिनियर खेलाडी यम कुमारी थापाको समेत विशिष्ट आतिथ्यता रहेको थियो।

साथै प्रतियोगितामा खेलप्रेमी, शुभचिन्तक श्री प्रसाद थापा, विद्यालय व्यवस्थापन समितीका सदस्यद्वय राजन अर्याल र तिल बहादुर थापा, विद्यालयका सहायक प्र अ शुरेस पौडेल, संयोजक शुसिल पाण्डे, कराते प्रशिक्षक मनिस पाण्डे लगायतको आतिथ्यता रहेको थियो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ संचालन भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक विनोद केसीले गर्नुभएको भने प्रतियोगितामा सात विद्यालयका सिनियरतर्फ ८ इभेन्ट्स र जुनियर तर्फ ६ इभेन्ट्समा खेलाडीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img