spot_img
spot_img
spot_img

राष्ट्पति विद्यादेवी भण्डारी र नेमकिपा अध्ययक्ष रोहितबिच भेटवार्ता

spot_img

भक्तपुर//

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)को निवास पुग्नुभई समसामयिक विषयमा छलफल गर्नुभएको छ। राष्ट्रपति भण्डारीले अध्यक्ष विजेक्छेकी धर्मपत्नी शोभा प्रधानको दुःखद निधनबाट आफू मर्माहत भएको बताउँदै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो। “धेरै अगाडी नै भेट्ने इच्छा हुँदाहुँदै सम्भव भएन । मलाई आज माइती आएको अनुभव भयो ।” राष्ट्पति भण्डारीले भन्नुभयो।

अध्यक्ष रोहित र राष्ट्रपति भण्डारीबिच शिक्षा, स्वास्थ्य, संस्कृति तथा सम्पदा संरक्षणबारे छलफल भएको छ। अध्यक्ष रोहितले ऐतिहासिक धरोहर तथा सम्पदाहरूको संरक्षणमा सरकारले पनि अगुवाइ गर्नुपर्ने विचार राख्नुभएको थियो। अध्यक्ष विजुक्छेले विदेशीको भर नपरी मौलिक सम्पदा संरक्षणमा जोड दिनुभयो।

अध्यक्ष रोहितले रासायनिक मल कारखाना स्थापनामा सरकारको बरोबर ध्यानाकर्षण गरेको भएपनि सरकारले कुनै सुनुवाइ नगरेको बताउनु भयो। औषधी उत्पादन स्वदेशमै गर्ने र औषधीको अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनु पर्ने बाध्यताको परिवर्तन गर्न आवश्यक रहेको अध्यक्ष रोहितले उल्लेख गर्नुभयो। औषधी उत्पादन विभाग संवेदनशील नहुँदा ठूलो क्षति पुगिरहेको बताउदै अध्यक्ष रोहितले औषधी उत्पादन विभाग सम्वेदनशिल बनाउनुपर्ने राष्ट्पति भण्डारी समक्ष आग्रह गर्नुभयो। राष्ट्रपति भण्डारीले शिक्षा तथा स्वास्थ्यमा जोड दिएर भक्तपुरमा काम भइरहेकोमा खुसी व्यक्त गर्दै संस्कृति र सम्पदा संरक्षणमा भइरहेको प्रयास सह्रानीय भएको विचार राख्नुभयो । अपराह्न ४ः१० मा रोहित निवास पुग्नुभएका राष्ट्रपति भण्डारीले अपराह्न ४ः५० सम्म भेटवार्ता भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img