spot_img
spot_img
spot_img

सियारीमा युवा प्रतिभाहरुको खोजी, सुजन पौडेल प्रदेशस्तरीय कार्यक्रमका लागि छनौट

spot_img

भैरहवा //

रुपन्देही जिल्ला स्तरीय युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रम अन्तरगत भएको कार्यक्रममा सियारी ७ अमुवाका सुजन पौडेल प्रदेश स्तरीय कार्यक्रमका लागि छनौट भएका छन् । सियारी गाउँपालिकाको आयोजना भएको प्रतियोगितामा प्रथम हुदै प्रदेश स्तरीय कार्यक्रमका लागि छनौट भएका हुन्। प्रतियोगितामा सियारी ३ का निरङकर भुज द्धतिय भएका छन् भने सियारी ५ का सञ्जय मुराउ तृतिय भएका छन् । कार्यक्रममा सहभागिताका लागि रुपन्देहीका सबै स्थानिय पालिका, क्याम्पस, स्कुल तथा १६ देखि ४० बर्ष उमेर समुहका युवायुवतीले भाग लिन सक्ने गरी सियारी गाउँपालिकाले सुचना जारी गरी युवाहरुको नयाँ नयाँ प्रतिभाको खोजी गरेको थियो ।

युवाहरुको प्रतिभाहरुको खोजी गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा सियारी, सुद्धोधन र बुटवलका ७ जना युवा, युवतीले भाग लिएका थिए । कार्यक्रममा भाग लिएका युवायुवतीले आफुले तयार गरेको नवप्रवर्तनात्मक विचार, प्रबिधिको प्रदर्शनी तथा प्रस्तुतीकरण गरेका थिए । १६ देखि ४० वर्ष उमेर समूहका युवा लक्षित सशर्त कार्यक्रम अन्तरगत युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रम सञ्चालन सम्वन्धी कार्यप्रकृया २०७८ अनुसार युवा नवप्रवर्तनात्मक विचार प्रदर्शनी तथा प्रस्तुतीकरण गर्न राष्ट्रिय युवा परिषदले सियारी गाउँपालिकालाई छनौट गरेको थियो।
प्रतियोगितामा प्रथम र द्धितिय स्थान हासिल गरेका प्रतियोगिले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए । उनले मुल्याङकन समितिबाट मुल्याङकनका आधारमा प्रतियोगिहरुबाट प्रथम, द्धितिय र तृतियलाई छनौट गरिएको बताए । छनौटका लागि नवप्रवर्तनात्मक विचार प्रस्तुतीकरण र यसको सृजनात्मकता वापत २० अंक, विचारको सैद्धान्तिक एवम व्यवहारिक पक्ष वापत १० अंक, विचारवाट उत्पादन हुने वस्तु वा सेवा वापत २० अंक, विचारको उपादेयता, सान्दर्भिकता र विश्वसनियता वापत २० अंक, लगानी र प्रतिफल वापत १० अंक, स्वरोजगारी, रोजगारी सृजनाको सम्भाव्यता वापत १० अंक, जोखिम लिने क्षमता वापत १० अंक गरी १०० अंक कायम गरिएको थियो ।

मुल्याङकन समितिमा गाउँपालिका शिक्षा शाखा प्रमुख सुधिर पौडेल, सिद्धार्थ उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष दिलिपकुमार कान्दु र सैनामैना माविका प्रअ नेत्रलाल पुरी रहेका थिए । सियारीमा भएको युवा प्रतिभाहरुको खोजी कार्यक्रमले युवायुवतिको प्रतिभाले सियारीको बिकासमा थप टेवा पु¥याउने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले सियारी भित्रका युवाहरुले आबिस्कार गरेका प्रबिधिको बिकास, बिस्तार र प्रचार प्रसारमा पालिकाले हालेमालो गर्ने बताए । गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले युवाहरुलाई प्रतिभावान बन्न आग्रह गर्दै प्रतिभा भएका व्यक्ति अवसरबाट बञ्चित हुन नपर्ने बताए । उनले सियारीले आयोजना गरेको उक्त कार्यक्रमले युवाहरुको प्रतिभा पहिचानमा महत्वपुर्ण भुमिका खेलेको बताए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img