spot_img
spot_img
spot_img

नेपाल टी २० क्रिकेट लिगमा म्याच फिक्सिङ भएको अनुसन्धान ब्युरोको दावी

spot_img

काठमाण्डौ//
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ भएको प्रमाण र आधार भेटिएको दाबी गरेको छ । गएको पुस ९ देखि २७ गतेसम्म काठमाण्डौमा भएको खेलमा स्पट फिक्सिङका प्रमाण देखिएको सीआईबीले जनाएको हो । खेल मिलेमतोको आशंका भएपछि सीआईबीले प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरी अनुसन्धान गरेको छ । छानबिन समितिले पैसाकै लेनदेन भएको निष्कर्ष निकाल्दै अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छानबिन समिति स्रोतले जनाएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार हालसम्मको अनुसन्धानले आयोजक नेपाल क्रिकेट संघ (क्यान) को व्यापारिक र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्कै संलग्नतामा स्पट फिक्सिङ भएको देखिएको छ । मिलेमतोमा संलग्न व्यक्ति र खेलाडीको नाम अन्तिम प्रतिवेदनमा मात्रै सार्वजनिक गर्ने सीआईबीको तयारी छ ।
पुरै खेलमा मिलेमतो गरेका प्रमाण कम रहेको तर क्याच आउट, रन आउट, चौका, छक्का लगायतमा खेलका अफिसियलको समेत मिलेमतोमा जोडिएको सीआईबीले जनाएको छ । मिलेमतोमा धेरैजसो विदेशी र केही नेपाली खेलाडी पनि जोडिएको पाइएको छ । खेलमा सबै टिमबाट गरेर ५६ नेपाली र ३४ जना विदेशी खेलाडी सहभागी थिए । तीमध्ये चार जना विदेशी र तीन जना नेपाली खेलाडीलाई शंकाको मुख्य घेरामा प्रहरीले राखेको थियो ।

हाल आईसीसी क्रिकेट काउन्सिलको एन्टी करप्सन युनिट (एसीयू) ले पनि आफ्नो रिपोर्ट प्रहरीलाई बुझाइसकेको छ । त्यसमा खेलहरुको प्राविधिक विश्लेषण गरिएको छ । फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराएको थियो । प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । त्यसपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पनि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img