कञ्चन//
रुपन्देहीको कञ्चन गाँउपालिकामा अटो, माईक्रो बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन। घाइते हुनेहरुमा कञ्चन गाउँपालिका वडा नं। ३ हनुमान नगर बस्ने मोटरसाइकल चालक बर्ष अन्दाजी ३२ का जिन शर्मा, मोटरसाइकलको पछाडी सवार अन्दाजी बर्ष २६ की निर्मला आचार्य र अटो कञ्चन गाउँपालिका वडा नं ४ क्षेत्रीटोल बस्ने बर्ष अन्दाजी ३९ का अटो चालक नरबहादुर श्रीस रहेको ईलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान करिब ११ः४० बजेको समयमा हरैया देखि गरगरेतर्फ जाँदै गरेको लु २ ख १५७८ नम्वरको बस, गरेगरे देखि हरैया तर्फ जाँदै गरेको लु १ ह ४९४ अटो र सोही दिशा तर्फ गरेको लु ६३ प ८७७५ नम्वरको मोटरसाइकल लुम्बिनी फायरलाइन सडक खण्ड अन्तर्गत मिलनचोकमा एक आपसमा ठोक्किएका हुन । घाइते मध्ये अटो चालक नर बहादुर श्रीसको मुख र दायाँ खुट्टामा गम्भिर चोट लागेको निजको उपचारको लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ।
यस्तै मोटरसाइकल जिवन शर्माको दाया खुट्टाको कुर्कुच्चामा र मोटरसाइकलमा सवार घाइतेका शर्माका श्रीमती निर्मला आचार्यको कानमा सामान्य चोट लागेको ईलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ। घाइते शर्मा र आचार्यको स्थानीय हिराचन्द्र मेडिकल हलमा उपचार गरि निजहरुको घर पठाईसकेको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र बस चालक, अटो र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।