-मञ्जित चौधरी , तिलोत्तमा //
तिलोत्तमा नगरपालिका वडा नं १५, कोटिहवा स्थित नोबेल इन्भायमेण्ट एकेडेमीले मंगलबार तिलोत्तमाको मंगलापुर स्थित गाउँले ससुराली रिसोर्टमा प्रत्यक्ष सङ्गीत ब्याण्ड तथा एकल गायन प्रतियोगिता २०७९ सम्पन्न गरेको छ । प्रतियोगितामा एकल गायनतर्फ साङ्ग पुन प्रथम, आल्या पुन द्वितीय र एन्जिला थापा तृतीय भएका छन् भने प्रत्यक्ष सङ्गीत ब्यान्डतर्फ छहारी ब्यान्ड प्रथम, नोबेल ब्यान्ड द्वितीय र आकाश ब्यान्ड तृतीय भएका छन् ।
प्रतियोगीतामा एकल गायनतर्फ जम्मा तीन जना र प्रत्यक्ष सङ्गीत ब्यान्डतर्फ पाँच वटा ब्यान्ड सहभागी थिए । प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई मेडल, ट्रफी र कदरपत्र सहित सम्मान गरिएको थियो भने अन्यलाई सान्त्वनासहित कदरपत्र वितरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिधालयका संस्थापक प्रधानाध्यापक सुन्दर गुरुङ्गले बच्चाको कला कौशललाई सर्वप्रथम अभिभावकले नै प्रोत्साहन गर्नुपर्ने बताउँदै शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी र दिगो बनाउन बिधालयले अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिएको प्रष्ट्याउँनु भयो । कार्यक्रममा प्रमुख अतिथि बिधालयका प्रबन्ध निर्देशक पूर्ण बहादुर गुरुङ्ग, प्रधानाध्यापक खिनु गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता नोबेल कला केन्द्रका अध्यक्ष भिमा रानाको अध्यक्षता र कक्षा ७ मा अध्ययनरत छात्रा युनिसा गिरीको संचालनमा सम्पन्न भएको थियो ।