spot_img
spot_img
spot_img

आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको अन्ततः मृत्यु नै भयो

spot_img

काठमाण्डौ//

संघीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको अन्ततः मृत्यु भएको छ । उनको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले जानकारी दिए । इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले हिजो आफैँले आफ्नो शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाएर उद्धार गरी उपचारका लागि बर्न अस्पताल लगे पनि शरीरको धेरैजसो भाग जलिसकेकाले बचाउन नसकिएको डाक्टर किरण नकर्मीले बताए । आफूलाई आगो लगाउनुअघि आचार्यले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू ठूलो आर्थिक संकटमा फसेको बताएका थिए ।

स्टाटसमा उहाँले आफूले आत्मदाह गर्नुपर्ने कारणसहित संघर्ष र भोगाइबारे उल्लेख गरेका छन् । जीवनमा गरेका अनेक प्रयास असफल भएपछि आत्मदाहको कदम चाल्नुपरेको उहाँले लेखेको स्टाटसमा उल्लेख छ । आफूले पढ्दा, जागिर खाँदा, व्यापार गर्दा वैदेशिक रोजगारीमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नु परेका समस्याबारे उनले उल्लेख गरेका थिए। आफू विद्यार्थी छँदा २०६७ सालमा ब्रेन टयुमर भएर बुबाको निधन भएको र त्यसपछि काठमाण्डौमा रहेर एउटा निजी विद्यालय र ठमेलका ट्राभल एजेन्सीमा काम गरेर गुजारा चलाउन थालेको उनले लेखेको स्टाटसमा उल्लेख छ ।
इलाममा रहेको पुर्ख्यौली घर बेचेर काठमाण्डौको बूढानीलकण्ठमा घर बनाएको तर ट्राभल एजेन्सीमा उधारो कारोबार धेरै हुँदा आफूलाई ऋणमाथि ऋण लागेको आचार्यले बताएका थिए ।

सरकार, बिचौलिया र ठूला व्यवसायीले आफूजस्तै केही गर्न खोज्नेलाई हतोत्साही गर्ने गरेको उनले उल्लेख गरेका छन् । तनाव र समस्याकै कारण यसअघि पनि आफूले आत्महत्याको प्रयास गरेको उल्लेख गरेका थिए । उनले ऋण तिर्नका लागि आफ्नी श्रीमतीलाई सहयोग गरिदिन सामाजिक सञ्जालमार्फत नै आग्रह गरेका थिए । आचार्यका श्रीमती र दुई छोरी छन् ।
आचार्यले आत्मदह गर्नुपुर्व सामाजिक सञ्जालमा पोष्ट गरेका २५ सुझाव:
१. राष्ट्रिय उत्पादनमा VAT शून्य गर। आयातित बस्तुमा बरु २० प्रतिशत लगाऊ।
२. Buyers Pay First जस्तो आकर्षक बजार क्रय विक्रय नीति लागू गर। उधारो बजारको अन्त्य गर।
३. Higher the Profit – Lower the Tax Rate कर नीति लागू गर।
४. Land Leasing प्रणाली लागू गर।
५. Banking Mortgage Valuation प्रणाली परिवर्तन गर।
६. सबै बाहालका घरलाई करको दायारामा ल्याऊ।
७. ठूला औद्योगिक तथा व्यापारिक घरानाले नेपालको बजार कब्जा गरेका छन्, नियमन गर सरकार।
८. दर्ता नगरी खुलेका online पसलहरु सब बन्द गर।
९. वैदेशिक रोजगारमा official visa मा जान चाहनेलाई श्रम स्वीकृतिको लफडा नलगाऊ।
१०. अनुदान र subsidy प्रणालीको सबै पुरानो file निकाल।
११. बिचौलियाको अन्त्य गर।
१२. यहाँ अलैंची भारत बेचेर imported cardamom dust किनेर खान्छन् नेपाली उपभोक्ता, अदुवा बोरामा भारत बेचेर imported ginger paste किनेर खान्छन्, इलामको orthodox green tea, black tea बोरामा कलकत्ता बेचेर imported lipton चिया खान्छन्। यी सबै चिजहरु नेपाली ब्राण्डमै नेपाली बजारमा पाइयोस्। नेपाली ब्राण्डमै विश्वमा निर्यात होस्।
१३. गाजा खेतीले वैधानिकता पाओस्।
१४. शिक्षा, स्वस्थ, सार्वजनिक यातायातमा निजीकरण दुरुत्साहित गर।
१५. सरकारी कर्मचारी, शिक्षक आदिलाई घर पायक जागीर नभएमा अनिवार्य आवास सुविधा उपलब्ध गराऊ सरकार।
१६. सार्वजनिक खरिद ऐनमा व्यापक सुधार गर।
१७. भ्रष्टाचार, जघन्य हत्या र बलात्कार आदिमा मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था लागू गर।
१८. जातीय आरक्षणको अन्त्य गरी किसान र गरिबलाई पहिचान परिचयपत्रमार्फत मात्र त्यस्ता आरक्षण प्रदान गर सरकार।
१९. #भारतसँगको खुल्ला सिमाना अन्त्य गर।
२०. आयात प्रतिस्थापन गरी सधैँ घरेलु उत्पादन र निर्यातलाई प्रोत्साहन गर।
२१. #बचत तथा ऋण सहकारी तथा microfinance बन्द गर।
२२. विकास साझेदारीको नाममा फेरि पूर्वाधार विकास हुने ठाउँको उपभोक्ताबाट २५ प्रतिशत रकम उठाइने गरिएको छ, त्यो बन्द गर।
२३. कक्षा ६ देखि नै “उद्यमशिलता – entrepreneurship” विषयलाई विद्यालय शिक्षामा अनिवार्य गर।
२४. सरकारी कर्मचारी/शिक्षक/संस्थानका कर्मचारी/जनप्रतिनिधि/सांसद/मन्त्री/प्रधानमन्त्री सबैका छोराछोरी अनिवार्य सरकारी/सामुदायिक स्कुल/कलेजमा पढाउनुपर्ने नियम तत्काल लागू गर।
२५. बैंक ऋणको ब्याजदर ७ प्रतिशतभन्दा कहिले माथि नउठ्ने गरी सीमित गर।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img