काठमाडौं //
काठमाडौंबाट धनगढीका लागि उठेको बुद्ध एअरको जहाज मौसम खराबी भएपछि बाँकेको नेपालगन्जमा अवतरण गरेर तीनजना यात्रुलाई मात्र फर्काएर काठमाडौं फर्केको छ । मंगलबार साँझ ५ बजेर १९ मिनेटमा काठमाडौंबाट धनगढीका लागि उडेको नाइन एनएनयू कलसाइनको यू ४ २५५ विमान ७ बजेर ८ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो ।
विमानमा रहेका यात्रुमध्ये केहीलाई नेपालगन्ज छाडेर ७ बजेर ५८ मिनेटमा काठमाडौं फर्किएको हो । सोही विमानमा आएका ३ जना यात्रु पुनः काठमाडौं फर्किएका छन् । धनगढीमा पानी परेर अवतरण गर्न नसकेको र आधाघन्टा आकाशमा राखेर नेपालगन्ज फर्काइएको बुद्ध एयरका कर्मचारीले जनाएका छन्। बुद्ध एयर नेपालगन्जका कर्मचारी अर्जन रावलले धनगढीमा समस्या भएपछि नेपालगन्जमा ल्याण्ड भएको र प्यासेनजरलाई सोधेर केहीलाई बसमा धनगढी पठाइएको र ३ जनालाई सल्लाहमा पुनः काठमाण्डौ फर्काइएको बताए ।