spot_img
spot_img
spot_img

गैंडहवा ५ का जेष्ठ नागरिक एकल महिला,अपांगता भएकाहरुलाई न्यानो कपडा वितरण

spot_img

दीपकसुमन जैसवाल, गैडहवा//

रुपन्देहीको गैडहवा गाउँपालिका वार्ड न ५ कार्यलयले ४३२ जना जेष्ठ नागरिक एकल महिला तथा अपांगता भएका व्यक्तिहरुलाइ सम्मान तथा नयानो कपडाको रुपमा फाईबर सिरक वितरण गरिएको छ । न्यानो कपडा वितरण गर्दै गैडहवा गाउँपालिका सुरेन्द्र पौडेलले गैडहवा गाउँपालिकाका जेष्ठ नागरिक अपांगता भएका र एकल महिलाहरुलाई वा गर्नु नै गाउँपालिकाको प्रमुख काम रहेको बताउनुभयो ।

अध्यक्ष पौडेलले जेष्ठ नागरिक एकल महिला अपांगता भएका व्यक्तिहरुको सेवा र सम्मान तथा पालिकाको बिकासमा पालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी सबैको आपसी सहयोग, समन्वय र सहकार्य आवस्यक रहने उल्लेख गर्नुभयो। बिकासमा एक हुनुपर्नेमा जोड दिनुभयो ।

वाडअध्यक्ष बिजय कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, जनप्रतिनीधि लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालनमा वडा सचिव शिवचरण मौर्यले गर्नुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img