spot_img
spot_img
spot_img

गुल्मीमा सुतिरहेको अवस्थामा एक व्यक्ति मृत फेला

spot_img

१२ माघ, गुल्मी ।

गुल्मीमा आफ्नै कोठामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा आज उनी मृत अवस्थामा भेटिएका हुन । काठमाण्डौ टोखा नगरपालिका–२ निवासी वर्ष ३५ का मधु क्षेत्री बिहीवार आफू सुतेको कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो।

मृतक क्षेत्री रेसुंगा नगरपालिका २ अन्र्तगत छापटोलामा कोठा भाडामा लिएर बस्दै आएका थिए । प्रहरीले घटनास्थलमा मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल पठाएको छ । मृतक क्षेत्री रोजगारीको सिलसिलामा गएको तीन वर्षदेखि तम्घासमा बस्दै आएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img