spot_img
spot_img
spot_img

कष्टकर दिनमा पनि नेपाल हिन्दू राष्ट्र कायमै हुनुपर्छ भनेर आफु उभिएको लिङ्देनको भनाई

spot_img

भैरहवा//

उपप्रधानमन्त्री तथा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले असाध्यै कष्टकर दिनहरुमा पनि नेपाल हिन्दू राष्ट्र कायमै हुनुपर्छ भनेर आफू उभिएको बताएका छन। रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ स्थित डण्डा नदीको किनार (ठूलो बालापुर) स्थित नवदुर्गा मन्दिर क्षेत्रमा मा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा बिहीबार बोल्दै लिङ्देनले यस्तो बताउनुभएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष समेत रहेका लिङ्देनले धार्मिक कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई आनन्द लाग्ने उल्लेख गर्नुभयो । उनले नेपालको ऐतिहासिक जगदगुरु पीठ निर्माण भएपश्चात यो क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने बताउनुभयो । उहाँले जगदगुरु पीठ निर्माणका लागि सरकारबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले यो कार्यमा पवित्र मनले सहयोग गर्न अपील गर्नुभयो ।

उपप्रधानमन्त्री लिङ्देनले लुम्बिनी क्षेत्र आफैमा धार्मिक पर्यटनको महत्वपूर्ण क्षेत्र भएको र जगदगुरु पीठ निर्माणले धर्म संस्कृतिको संरक्षण र धार्मिक पर्यटनमा समेत टेवा पुर्याउने उल्लेख गरे । जगदगुरु मोहनशरण देवाचार्यले माघ ४ गतेदेखि सुरु भएको महायज्ञमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न सबै आ–आफ्नो क्षेत्रबाट अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा सञ्चार क्षेत्रबाट योगदान पुर्याएको भन्दै पत्रकार राधेश्याम विश्वकर्मा, रबिन्द्र प्रताप गुप्ता र मनोज क्षेत्रीलाई सम्मान गरिएको थियो ।

त्यस्तै महायज्ञमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो । सुनसरीको चतराधाममा विसं २०५९ सालमा महाकुम्भ मेला प्रारम्भ गरी धार्मिक, साँस्कृतिक र वेदका आधारमा विश्व माझ नेपालमा कुम्भ मेला स्थापित गराउन सफल महाराजले भैरहवामा जगदगुरु दक्षिणपीठको स्थापना गर्न लागेको महायज्ञ मूल आयोजक समितिका संयोजक विष्णु बहादुर रायमाझीले बताउनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img