काठमाण्डौ//
रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया ब्यक्त गर्नुभएको छ। अदालतको फैसलापछि आज गृह मन्त्रालयबाट बाहिरिने क्रममा सर्वोच्चको फैसलामा तपाईँको प्रतिक्रिया के छ भनी पत्रकारले सोधेको प्रश्नमा लामिछानेले अदालतको फैसलालाई एकदमै स्वागत गरेको तर एउटा अनागरिकले के उत्तर दिने भन्दै प्रतिकृया दिनुभएको छ ।
‘तपाईँहरु एउटा अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ, कहाँको नागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ, म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन।’ लामिछानेले भन्नुभयो । सर्वोच्च अदालतले आज उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद पद दुवै गुमेको छ ।