धनकुटा//
धनकुटामा यहि माघ ६ गतेदेखि प्रादेशिक औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी तथा ५ औं धनकुटा महोत्सवमा धकेलाधकेल हुँदा ३० जना घाइते भएका छन्। सोही महोत्सव स्थलमा प्रवेश गर्ने क्रममा शनिबार राति उक्त घटना भएको हो । शनिबार राति प्रमोद खरेलको संगितिक प्रस्तुत हेर्ने जाने क्रममा दर्शकहरुबीच ठेलमठेल हुँदा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । घाईतेहरुहरुको उपचारका लागी गायक प्रमोद खरेलले आफ्नो पारिक्षमिक दिने बताउनुभएको छ ।
घाइते भएका मध्ये १२ जना उपचारपछि घर फर्किएका र १६ जनाको विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठिानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । २ जनाको उपचार गोल्डेन अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।