spot_img
spot_img
spot_img

यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको १९औ वार्षिकोत्सब तथा क्याम्पस सभा सम्पन्न

spot_img

शुद्धोदन, रवि राना//

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.३ मा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको १९औ वार्षिकोत्सव तथा क्याम्पस सभा सम्पन्न भएको छ। वार्षिकोत्सव तथा क्याम्पस सभाको उद्घाटन गर्दै पुर्व राज्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले देशमा बेरोजगारी हटाउन प्राविधिक शिक्षामा जोड दिनुपर्ने जिकिर गर्नुभयो । राजनैतिक दलहरु अन्य राजनैतिक मुद्धा छोडेर अब शिक्षा स्वास्थ्य र रोजगारका लागि राजनीति गर्नुपर्ने उल्लेख गर्दै पुर्वमन्त्री रज्जाकले नेपालमा प्राकृतिक श्रोतहरु पर्याप्त भएपनि उपयोग हुन नसकेको बताउनु भयो।

आफ्नो द्श भित्र भएका बिभिन्न स्रोत साधनहरुको प्रयोग गरी देशलाई समृद्धि बनाउनका लागि सरोकारवालाहरुको आपसी समन्वय र ुहकार्य हुनुपर्ने लुम्बिनी प्रदेश सभा सदस्य रज्जाकले आग्रह गर्नु भयो। प्रमुख अतिथी समेत रहनु भएक रज्जाकले दक्ष जनशक्ति उत्पादनमा क्याम्पसले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताउदै क्याम्पसलाई प्रदेशको तर्फबाट आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै रुपन्देही समन्वय समिति प्रमुख उपाकान्त चपागांइले सञ्चालक समिती, अभिभावक, प्राध्यापक तथा विद्यार्थी लगायत सबैको समन्वयले मात्र क्याम्पसको हरेक क्षेत्रको विकास हुने बताउनुभयो । क्याम्पसको भौतिक प्रगति बिस्तारै सुधार हुँदै गएको बताउदै अन्य पक्षहरुको पनि सुधार गर्न सबै एकजुट हुनुपर्ने समन्वय समितिका संयोजक चापागाईले बताउनुभयो । क्याम्पस सञ्चालक समितीका अध्यक्ष रमेश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष खनालले प्रस्तुत गर्नु भएको संचालक समितिको प्रतिबेदन तथा क्याम्पस प्रमुख प्रमुख टंकप्रसाद पौडेलले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन, सञ्चालक समितीका सदस्य धनराज कंडेलले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन समेत क्याम्पस सभाले सर्बसम्मत पारित गरेको छ।

कार्यक्रममा निवर्तमान प्रदेस सभा सदस्य पुस्पा चौधरी, संविधान सभा सदस्य सोनिया यादव, शुद्धोधन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराई ,गाउपालिका प्रवक्ता तथा वडा न.४ का अध्यक्ष केशव अधिकारी ,पब्लिक प्राध्यापक संघ इकाइ सभापति दिपक काफ्ले, स्ववियु अध्यक्ष सम्भु चौधरी ,राप्रपा रुपन्देही उपाध्यक्ष अजय गुप्ता, पुर्व क्याम्पस प्रमुख खगुपति न्यौपाने, सञ्चालक समिती पुर्व अध्यक्ष मणिप्रसाद खनाल, माओवादी शुद्धोधन अध्यक्ष रुक्मागत खनाल, सञ्चालक समिति पुर्व उपाध्यक्ष सेरबहादुर काफ्ले, काङ्ग्रेस शुद्धोधन उपसभापति ढागेप्रसाद चौधरी लगायतले बोल्दै क्याम्पसको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष नवलराज भट्टराईको स्वागत तथा सहायक क्याम्पस प्रमुख भेषराज ढकालको सञ्चालनमा सम्पन्न बार्षिक उतसव तथा क्याम्पस सभामा विभिन्न सांस्कृतिक कार्यक्रम सङ्गै पुर्व सञ्चालनक ,लेखा समितिका पदाधिकारीहरु,उत्कृष्ट नतिजा ल्याउन सफल गराउने प्राध्यापक, कर्मचारी, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु, विभिन्न प्रतियोगितामा सफल हुने विद्यार्थी तथा प्राध्यापक कर्मचारीहरुलाइ सम्मान गरिएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img